मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रसूति गृहमा नुवाकोटकी महिलाले जन्माइन् एकै पटक पाँच शिशु

प्रसूति गृहमा नुवाकोटकी महिलाले जन्माइन् एकै पटक पाँच शिशु


काठमाडौँ । तपाईं हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका छौँ । तर, सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकैसाथ पाँच शिशु जन्माएर सबैलाई अचम्मित तुल्याएकी छन् ।  

उनले सोमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्माएकी अस्पतालका निर्देशक डा संगीताकौशल मिश्रले जानकारी दिइन् । पाँच शिशुमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल छन् । उनका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ ।   

“आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन,” उनले भनिन्, “अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।”   

डा मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन् । जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ । डा मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो । 

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीको नेतृत्वमा डा दिप्ति श्रेष्ठ, डा नमिता सिङ्देन र डा मुकेश कुमारले शल्यक्रिया गरेका थिए ।