काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ६५ जना सुरक्षाकर्मी रहेको बताइएको छ ।
संक्रमितमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, स्वकLय सचिव इन्द्र भण्डारी, विकास विज्ञ गजेन्द्र थपलिया, फोटो ग्राफर राजन काफ्लेलगायत सचिवालयका सदस्यसमेत रहेका छन् ।
यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ । प्रधानमन्त्री ओलीको बिहीबार स्वाब संकलन गरिएको थियो ।












प्रतिक्रिया