मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शुक्रबार २७२२ जनामा कोरोना पुष्टि, ३३०७ जना डिस्चार्ज, थप ११ सहित ५२० जनाको मृत्यु

शुक्रबार २७२२ जनामा कोरोना पुष्टि, ३३०७ जना डिस्चार्ज, थप ११ सहित ५२० जनाको मृत्यु


काठमाडौँ । नेपालमा शुक्रबार हालसम्मकै उच्च अर्थात् २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा ११ जनाको मृत्यु भएको छ ।      

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ । मृत्यु हुनेमा मोरङका २७ वर्षीय पुरुष, ललितपुरका ३२ वर्षीय पुरुष र ७० वर्षीय पुरुष, भक्तपुरका ६१ र ५१ वर्षीया महिला, काठमाडौँका ६७ वर्षीया महिला, मकवानपुरका ७८ वर्षीय पुरुष, रुपन्देहीका ६० वर्षीय पुरुष, बाँकेका ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतका ७५ वर्षीया महिला रहेका छन् ।     

एकैदिन कोरोना संक्रमण निको भई ३३०७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६० हजार ६९६ पुगेको छ । जुन कुल संक्रमितको ७३.६२ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप १६३८ जना संक्रमित थपिएका छन् । काठमाडौँका १२८०, ललितपुरका १६२ र भक्तपुरका १९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या २५ हजार ८९२ पुगेको छ । जसमा काठमाडौँमा कुल २१ हजार १८६, ललितपुरमा २ हजार ७७० र भक्तपुरमा २ हजार २६० जना रहेका छन् ।   

देशभर संक्रमित हुनेमा मोरङका १५० जना, सुर्खेतका १२२, रुपन्देहीका ९२, चितवनका ८३, बाँकेका ७०, मकवानपुरका ५५, दाङका २८, गुल्मीका २६, पर्साका २४, झापा, सुनसरी, काभ्रे, धादिङ र नवलपरासीका २३/२३ जना रहेका छन् । 

यस्तै,  सिराहाका २२, नवलपुरका १६, सप्तरी र दार्चुलाका १५/१५ जना, बारा र लमजुङका १४/१४ जना, सिन्धुली, कास्की र कैलालीका १३/१३ जना, बागलुङका १२, नुवाकोट, पाल्पा र प्युठानका ११/११ जना तथा सिन्धुपाल्चोक, अर्घाखाँची र दैखेलका १०/१० जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी, बर्दियाका ९ जना, अछाम र डोटीका ८/८ जना, तनहुँ, कपिलवस्तु र कञ्चनपुरका ७/७ जना, महोत्तरी, सर्लाही र जुम्लाका ६/६ जना, धनुषा र बझाङका ५/५ जना, रौतहट र गोरखाका ४/४ जना, रामेछाप, म्याग्दी, कालीकोट र बैतडीका ३/३ जना, उदपयुर, तेह्रथुम, दोलखा, स्याङ्जा र रोल्पाका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, संखुवासभा, पर्वत र बाजुराका १/१ जनामा संक्रमण पुष्टि भएको छ । 

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १४ हजार ७३९ जनासहित हालसम्म १० लाख ४८ हजार ६८६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ८८५ जना क्वारेन्टाइनमा र २१ हजार २३४ जना आइसोलेसनमा रहेका छन् ।   

२१ हजार २३४ जना सक्रिय सङ्क्रमितमध्ये ११ हजार ७६० जना होम आइसोलेसनमा र ९ हजार ४७४ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार देशभर २१० जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र २९ जना भेन्टिलेटरमा उपचाररत छन् ।