मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार १९११ जनामा कोरोना पुष्टि, थप ११ सहित ५०९ जनाको मृत्यु

बिहीबार १९११ जनामा कोरोना पुष्टि, थप ११ सहित ५०९ जनाको मृत्यु


काठमाडौँ । नेपालमा बिहीबार १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।    

एकैदिन कोरोना संक्रमण निको भई ९६१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । जुन कुल संक्रमितको ७१.९८ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप ९४३ जना संक्रमित थपिएका छन् । काठमाडौँका ८१७, ललितपुरका ६८ र भक्तपुरका ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या २४ हजार २५४ पुगेको छ । जसमा काठमाडौँमा कुल १९ हजार ९०६, ललितपुरमा २ हजार ६०८ र भक्तपुरमा २ हजार ६४ जना रहेका छन् ।   

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १२ हजार ४४४ जनासहित हालसम्म १० लाख ३३ हजार ९४७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ५ हजार ७७ जना क्वारेन्टाइनमा र २१ हजार ८३० जना आइसोलेसनमा रहेका छन् ।   

२१ हजार ८३० जना सक्रिय सङ्क्रमितमध्ये ११ हजार ६९ जना होम आइसोलेसनमा र १० हजार ७६१ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार देशभर २२० जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।