मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोना सङ्क्रमणबाट चितवनमा २७ जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट चितवनमा २७ जनाको मृत्यु


चितवन । चितवनमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । तीमध्ये १७ जना चितवनका रहेका छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार शनिबारसम्म जिल्लाका अस्पताल र घरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने सो सङ्ख्या पुगेको हो । दुई जनाको घरमै मृत्यु भएको हो भने अन्यको उपचारका क्रममा जिल्लाका विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

चितवनका १९, मकवानपुरका ५ , नवलपरासी सुस्ता पूर्वका ३, गोर्खा र कैलालीका १/१ जनाको कोरोनाबाट मृत्यु भएको हो । जिल्लाको सबैभन्दा बढी भरतपुर महानगरपालिकामा कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार महानगरमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । यस्तै कोरोना सङ्क्रमणबाट रत्ननगरमा ३ , खैरहनीमा र राप्ती नगरपालिकामा २–२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । एक जना वृद्धाको कोरोना सङ्क्रमणका कारण घरमा नै मृत्यु भएको हो भने अरु सबैको अस्पतालमा उपचारका क्रममा र अस्पताल ल्याउँदा ल्याउँदै बोटोमा नै मृत्यु भएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार २४७ पुगेको छ । तीमध्ये ५०९ जना महिला र ७०८ जना पुरुष रहेका छन् । सङ्क्रमितमध्ये धेरै भरतपुर महानगरका रहेका छन् । भरतपुरमा आजसम्म ८५५ जनामा कोरोना सङ्क्रमण भएको उनले जानकारी दिए ।

यस्तै रत्ननगरमा नगरपालिकामा १३६ जनामा कोरोना देखिएको छ । राप्तीमा नगरपालिकामा ९९, खैरहनी नगरपालिकामा ६४, माडी नगरपालिकामा ५३, कालिका नगरपालिकामा ३६ र इच्छाकामना गाउँपालिकामा ४ जनामा कोरोना देखिएको छ । सङ्क्रमितमध्ये हालसम्म २९९ जना निको भएर घर फर्किसकेका उनले जानकारी दिए । जिल्लामा हाल सक्रिय सङ्क्रमित ९३२ जना रहेका छन् ।

भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड १९ प्रयोगशालामा हालसम्म २३ हजार १३० जनाको परीक्षण गरिएको छ । तीमध्ये १९ हजार ७०० चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका हुन् । भरतपुर अस्पतालले हालसम्म कोरोना सङ्क्रमित २८० जनाको उपचार गरेकोमा १९२ जना निको भएर घर फर्किएका छन् । हाल ७६ जना उपचारका क्रममा रहेका छन् भने १२ जनाको मृत्यु भएको छ ।