मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

हटस्पट बनेका जिल्लाहरुमा कोरोना नियन्त्रण गर्न विज्ञको सुझाव

हटस्पट बनेका जिल्लाहरुमा कोरोना नियन्त्रण गर्न विज्ञको सुझाव


काठमाडौँ । जनस्वास्थ्यविद्ले ५०० भन्दा बढी कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरु जिल्लामा फैलन नसक्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मंगलबार जनस्वास्थ्यविद् डा सुरेश तिवारीले १२ जिल्लामा सङ्क्रमण समुदायस्तरमा नै पुगेकाले  नियन्त्रण गर्नुपर्ने बताए । 

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर र रुपन्देही जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित  छन् । मंगलबार एकै दिन १०६९ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ४० हजार ५२९ जनामा सङ्क्रमण देखिएको छ । 

Advertisement

“ती १३ जिल्ला सङ्क्रमणको हटस्पट भएको छ, त्यहाँ सङ्क्रमण समुदायस्तरमा पुगेको हामीले आकलन गरेका छौँ ”, उनले भने । जनस्वास्थ्यविद् डा तिवारीका अनुसार औसत २२ देखि २४ प्रतिशतले सङ्क्रमण बढिरहेको छ । महिलामा आठ प्रतिशत र  वृद्धमा एक प्रतिशतबाट चार प्रतिशत पुगेको छ । परीक्षण गरिएकामध्ये ८ देखि ९ प्रतिशतमा सङ्क्रमित बढिरहेको तथ्यांकले देखाएको जनाइएको छ । डा तिवारीले कोभिड १९ कै कारण मुलुकको अर्थतन्त्र ठप्प पार्न नहुने पनि बताए । 

शेयर गर्नुहोस:

0
Shares