मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वभर २ करोड ३२ लाख बढी संक्रमित, ८ लाख ५ हजार बढीको मृत्यु

विश्वभर २ करोड ३२ लाख बढी संक्रमित, ८ लाख ५ हजार बढीको मृत्यु


जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड ३२ लाख २२ हजार ६३५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
 
कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर आठ लाख ५ हजार को मृत्यु भएको पनि सो संगठनले जनाएको छ । शनिबारसम्म विश्वभरमा एक करोड ५७ लाख ८२ हजार ७१० जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 
 
विश्वभरमा हाल ६६ लाख ३४ हजार ९३७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६१ हजार ७९० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५८ लाख ७ हजार ६३७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ७९ हजार ४१० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा ५६ लाख ३६ हजार ८२३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ८६ हजार १६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६८ लाख ५९ हजार ४७१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख ५७ हजार २६७ जनाको मृत्यु भएको छ ।
 
युरोपमा ३३ लाख २८ हजार ४२७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ८८ जनाको मृत्यु भएको छ । एसियामा ६१ लाख ९६ हजार ७८२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख २८ हजार ६९८ जनाको मृत्यु भएको छ । 
अफ्रिकामा ११ लाख ७३ हजार ४२८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २७ हजार ३९२ जनाको मृत्यु भएको छ । ओसियनामा २६ हजार ९८३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ५१२ को मृत्यु भएको छ । एएफपी

शेयर गर्नुहोस:

0
Shares