नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या ५० हजार नाघेको छ ।
सरकारी स्वास्थ्य अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या ५० हजार ८४५ पुगेको छ ।
पछिल्लो केही हप्तादेखि दैनिक एक हजारको हाराहारीमा भारतमा कोरोनाका कारण मानवीय क्षति हुँदै आएको तथ्याङ्कले देखाएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ९५० जनाको मृत्यु भएको जनाएको छ ।
भारतमा कोरोनाबाट सोही अवधिमा एकैदिनमा ६३ हजार ९८६ बढी सङ्क्रमित भएका छन् । पछिल्ला केही दिनदेखि दैनिक ६० हजारभन्दा बढीको सङ्ख्यामा भारतमा सङ्क्रमितहरु थपिँदै आएका छन् ।
सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा ६३ हजार ९८६ जना सङ्क्रमित भएका हुन् ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या २६ लाख ३४ हजार २५६ रहेको छ । तीमध्ये छ लाख ७७ हजार ७९९ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु १९ लाख ४ हजार ६१२ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
कुल सङ्क्रमितमध्ये दुई प्रतिशतभन्दा कमको मात्रै कोरोनाका कारण मृत्यु भएको पाइएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । एएनआई







प्रतिक्रिया