मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा २१ लाख ८७ हजार बढी कोरोना संक्रमित

भारतमा २१ लाख ८७ हजार बढी कोरोना संक्रमित


नयाँदिल्ली । भारतमा विगत २४ घन्टाको अवधिमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या ६५ हजार १५६ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 
 
मन्त्रालयका अनुसार २४ घन्टाको अवधिमा कोरोना भाइरस संक्रमित व्यक्तिमध्ये ८७५ जनाको मृत्यु भएको छ । भारतमा योसहित मृत्यु भएका व्यक्तिको कुल संख्या ४३ हजार ८४४ पुगेको छ । साथै कुल संक्रमितको संख्या पनि २१ लाख ८७ हजार ४८२ पुगेको छ । 
 
स्वास्थ्य अधिकारीहरुका अनुसार कुल संक्रमितमध्ये १५ लाख ६ हजार ४१३ जना निको भएर डिस्चार्ज भएका छन् । अहिले पनि ६ लाख ३७ हजार २२५ जना विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका छन् ।
 
भारतीय चिकित्सा अनुसन्धान परिषदले अगष्ट ८ का दिन ७ लाख १९ हजार ३६४ जनाको परीक्षण गरिएको जनाउँदै कोरोना संक्रमण देखिन थालेयता हालसम्म कुल २ करोड ४१ लाख ६ हजार ५३५ जनाको नमुना परीक्षण गरिएको बताएको छ । एएनआई   
 
 

शेयर गर्नुहोस:

0
Shares