मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वभर एक करोड २५ लाख कोरोना संक्रमित बढी डिस्चार्ज

विश्वभर एक करोड २५ लाख कोरोना संक्रमित बढी डिस्चार्ज


जेनेभा । विश्वमा एक करोड २५ लाख ८७ हजार ५४५ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ ।  कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर सात लाख २५ हजार ६४ जनाको मृत्यु भएको पनि सो संगठनले जनाएको छ ।  
 
सो संगठनका अनुसार शनिबारसम्म विश्वभरमा एक करोड ९६ लाख ५ हजार ५१९ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । तीमध्ये एक करोड २५ लाख ८७ हजार ५४५ कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् । विश्वभरमा हाल ६२ लाख ९२ हजार ९१० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ ।
 
सङ्क्रमितमध्ये ६४ हजार ९३९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ७७९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६४ हजार १९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा ४६ लाख २५ हजार ४५४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ६ हजार ८०३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६० लाख १ हजार ४६६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख ३२ हजार २१३ जनाको मृत्यु भएको छ ।
 
युरोपमा ३० लाख २० हजार २३२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ८५८ को मृत्यु भएको छ । एसियामा ४९ लाख ८ हजार ३३१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ७ हजार ३०५ जनाको मृत्यु भएको छ । अफ्रिकामा १० लाख २६ हजार ७४१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२ हजार ५६६ जनाको मृत्यु भएको छ ।  
 
ओसियानामा २२ हजार ५७४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३०४ जनाको मृत्यु भएको छ । एएफपी   

शेयर गर्नुहोस:

0
Shares