मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा कोभिड–१९ संक्रमितको संख्या १९ लाख नाघ्यो

भारतमा कोभिड–१९ संक्रमितको संख्या १९ लाख नाघ्यो


नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १९ लाख नाघेको बुधबार जनाइएको छ । गत २४ घन्टामा भारतका ५२ हजार ५०९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १९ लाख १० हजार ७९५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । 
 
भारतमा गत २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८५७ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३९ हजार ८५६ जना पुगेको छ । 
 
सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ८२ हजार ९२९ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा मङ्गलबार कोरोना भाइरस निको हुने क्रम ६६।३० प्रतिशतले बढेको पाइएको छ । हाल भारतमा पाँच लाख ८८ हजार १० जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।
   
भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा राजधानी सहरसमेत रहेको दिल्ली राज्य रहेको छ । सिन्ह्वा
 

शेयर गर्नुहोस:

0
Shares