मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या १८ लाख ३० हजार नाघ्यो

भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या १८ लाख ३० हजार नाघ्यो


नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख ३० हजार नाघेको सोमबार जनाइएको छ । गत २४ घन्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ३० हजार ९४९ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । 
 
भारतमा गत २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार ४८५ जना पुगेको छ । सरकारी अधिकारीका भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये १२ लाख ३०३ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ९२ हजार १६१ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।
 
भारतको महाराष्ट्र सबैभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ८४३ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ५७६ व्यक्तिको मृत्यु भइसकेको छ ।  महाराष्ट्र कुल चार लाख ४१ हजार २२८ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको थियो । 
 
कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ९६२ सङ्क्रमित अवस्थामा रहेका छन् भने चार हजार १३२ जनाको मृत्यु भएको छ । 
 
राजधानी सहरसमेत रहेको दिल्ली राज्यमा १० हजार ३५६ जना सङ्क्रमित अवस्थामा रहेका र चार हजार ४० जनाको मृत्यु भइसेकेको छ । दिल्लीमा एक लाख २३ हजार ३१७ व्यक्ति कोरोना मुक्त भएका छन् । एएनआई
 

शेयर गर्नुहोस:

0
Shares