मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोना संक्रमणबाट ब्राजिलमा एकैदिन एक हजारभन्दा बढीको मृत्यु

कोरोना संक्रमणबाट ब्राजिलमा एकैदिन एक हजारभन्दा बढीको मृत्यु


रियो दि जेनेरियो । ब्राजिलमा विगत २४ घन्टामा एक हजार ८८ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । 
 
आइतबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार विगत २४ घन्टामा ब्राजिलमा ४५ हजार ६७८ व्यक्ति सङ्क्रमित भएका छन् भने सो अवधिमा एक हजार ८८ सङ्क्रमितको मृत्यु भएको छ । 
 
ब्राजिलमा अहिलेसम्म कुल ९३ हजार ६१६ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या २७ लाख ८ हजार ८७६ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।
 
ब्राजिलको सबैभन्दा बढी जनघनत्व रहेको साओ पाओलो सहर सबैभन्दा बढी प्रभावित सहर हो जहाँ पाँच लाख ५२ हजार ३१८ व्यक्ति सङ्क्रमित रहेका छन् भने २३ हजार २३६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै रियो दि जेनेरियोमा एक लाख ६७ हजारभन्दा बढी सङ्क्रमित रहेका टन् भने १३ हजार व्यक्तिको मृत्यु भएको छ । 
 
विश्वव्यापी महामारीका कारण विश्वकै सबैभन्दा बढी सङ्क्रमित रहेको मुलुक अमेरिका हो भने तेस्रो धेरै सङ्क्रमित रहेको मुलुक भारत हो । यसबाहेक रूस, दक्षिण अफ्रिका, मेक्सिको, पेरू, चिली, स्पेन, इरान, कोलम्बियामा सङ्क्रमितको सङ्ख्या उच्च रहेको छ । सङ्क्रमणका कारण मृत्यु बढी भएका मुलुकहरूमा मेक्सिको, बेलायत, इटली, फ्रान्स र भारत रहेका छन् ।  सिन्ह्वा

शेयर गर्नुहोस:

0
Shares