मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोना महामारीबीच अमेरिकी अर्थतन्त्रमा ३२,९ प्रतिशत गिरावट

कोरोना महामारीबीच अमेरिकी अर्थतन्त्रमा ३२,९ प्रतिशत गिरावट


वासिङ्टन । कोरोनाभाइरस महामारीबीच अप्रिलदेखि जुनसम्मको अवधि (दोस्रो त्रैमासिक)मा अमेरिकी अर्थतन्त्रमा गिरावट आई ३२,९ प्रतिशत संकुचित भएको सरकारले बिहीबार जनाएको छ ।
 
यो गिरावटलाई सरकारी अधिकारीले अपेक्षा गरिएभन्दा सामान्यत कम खराब भएपनि अमेरिकी आर्थिक रेकर्डमा सन् १९४७ पछि अहिलेसम्मकै सबैभन्दा खराब अवस्था हो । 
 
सरकारले भनेको छ, “वाणिज्य विभागको तथ्याङ्क वार्षिक दर हो त्यसैले अन्य विकशित अर्थतन्त्रसँग रिपोर्ट गरिएको त्रैमासिक संकुचनसँग तुलना गर्न सकिदैन ।”
 
दोस्रो त्रैमासिकमा पहिलो अनुमानका अनुसार उपभोक्ता खर्च, जुन सबैभन्दा अर्थतन्त्रको ठूलो कारक मानिन्छ ,मा व्यापक गिरावट आएको कारण कूल ग्राहस्थ उत्पादनमा पनि कमी आएको छ । 

दोस्रो त्रैमासिकको पहिलो प्रक्षेपणले अमेरिकी उपभोक्ता खर्चमा ३४,६ प्रतिशतको व्यापक गिरावट आउने जनाएको छ । एएफपी 
 



Advertisement

शेयर गर्नुहोस:

0
Shares