मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

डेढसय नेपाली डाक्टरलाई अमेरिकाद्वारा एमडी छात्रवृत्ति

डेढसय नेपाली डाक्टरलाई अमेरिकाद्वारा एमडी छात्रवृत्ति


हिमालयखबर  संवाददाता-
न्यूयोर्क (अमेरिका) ।  यो वर्ष अमेरिकामा चिकित्साशास्त्रको उच्च अध्ययन (एमडी) का लागि करिब डेढसय नेपाली चिकित्सकहरुले छात्रवृत्ति प्राप्त गरेका छन् ।
 
गत साता एकै फ्लाइटबाट ४० जना नेपाली चिकित्सकहरु एमडीका लागि अमेरिकामा बिभिन्न राज्यका मेडिकल कलेज आइपुगेका छन् । यी मध्य सबैभन्दा बढी १३ जना न्यूयोर्कस्थित इन्टरफेथ मेडिकल इन्स्टिच्युटमा आएका छन् । 
 
उनीहरु नेपालको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पोखरा मणिपाल कलेज, धरानस्थित विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, चितवनस्थित भरतपुर मेडिकल कलेज लगायतका शिक्षण संस्थाबाट एमबिबिएस पुरा गरेका हुन् । अमेरिकी सरकारको पूर्ण छात्रवृत्तिमा एमडी अध्ययनका लागि आएका झण्डै डेढसय डाक्टरहरु मध्य अधिकांश एचवानबी भिसा भिसामा छन् । 
 
केही भने जेवान भिसामा पनि छन् । जेवान भिसामा आएकाहरु भने एमडी पुरा गरेपछि नेपाल फर्किनुपर्छ । एचवानबी र जेवान भीसामा अाउनेको संख्या लगभग अाधा अाधा छन् । 
 
एचवानबी भिसामा आएकाहरुले भने एमडीको अध्ययनपछि यतैका अस्पतालमा रोजगारी पाउनसक्छन् । उनीहरूले यतै रोजगारी पाएमा नेपाल फर्किन वाध्यतात्मक हुँदैन । 
 
एमडी अध्ययनका लागि तीन वर्ष समय लाग्छ । अमेरिकाले वर्षेनी एकसय भन्दा बढी नेपाली डाक्टरहरुलाई छात्रवृत्तिमा एमडी अध्ययनको सुविधा दिँदै आएको छ । एकजना डाक्टरको लागि वर्षको झण्डै डेढलाख डलर खर्च लाग्छ । 
 
यसवर्ष एमडीका लागि आएका नेपाली चिकित्सकहरु न्यूयोर्क, पेन्सलभेनिया, टेक्सस, इलोनोइस लगायतका राज्यहरुमा धेरै छन् । 
 
नेपालमा बिभिन्न मेडिकल कलेजहरुबाट वर्षमा झण्डै एकहजार आठसय विद्यार्थीले एमबिबिएसको अध्ययन पुरा गर्छन । 
 
कोराना भाइरसको सन्त्राशबाट अमेरिकी जनजीवन सामान्यीकरण हुँदै जाँदा केही समय अघिनै आइपुग्नुपर्ने एमडीका विद्यार्थीहरु अहिले धमाधम आइरहेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासको भिसा शाखाले एमडीका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर भिसा जारी गरेपछि उनीहरु अघिल्लो विगत दुई साता यताका चार्टर्ड उडानबाट अमेरिका आइपुगेका हुन् । 
 
अमेरिकामा एमडी अध्ययनका लागि नेपालबाटै पनि परिक्षा दिन सकिन्छ । तीनवटा परिक्षामध्य दुईवटा नेपालबाट दिन पाएपनि एउटाको लागि भने अमेरिकानै आउनुपर्छ । त्यसका लागि झण्डै डेढ वर्षसम्मको अवधि लाग्छ ।
 

शेयर गर्नुहोस:

0
Shares