मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

बंगलादेशमा संक्रमितको संख्या २ लाख २३ हजार नाघ्यो

बंगलादेशमा संक्रमितको संख्या २ लाख २३ हजार नाघ्यो


ढाका । बंगलादेशमा कोभिड–१९ का कारण थप सङ्क्रमितको सङ्ख्या आइतबारमात्रै दुई हजार २७५ पुगेको छ । यससँगै बंगलादेशमा सङ्क्रमण पुष्टि हुनेको कूल सङ्ख्या दुई लाख २३ हजार ४५३ पुगेको बताइएको छ । 
 
स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतबार सञ्चारकर्मीहरूसँग भने, “बङ्गलादेशमा विगत २४ घन्टमा थप ५४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको र दुई हजार २७५ नयाँ बिरामीमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै बङ्गलादेशमा कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ९२८ पुगेको छ भने दुई लाख २३ हजार ४५३ व्यक्ति सङ्क्रमित भएका छन् ।
 
बंगलादेशले विगत २४ घन्टामा १० हजार ७८ व्यक्तिको कोभिड–१९ परीक्षण भएको उल्लेख गरिएको छ ।
 
अहिलेसम्म निको भई घर फर्किने सङ्क्रमितको सङ्ख्या एक लाख २३ हजार ८८२ रहेको आइतबार मात्रै एक हजार ७९२ जना निको भएका उनले बताए । 
 
अधिकारीका अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १।३१ प्रतिशत रहेको र अहिलेसम्म ५४।४४ प्रतिशत सङ्क्रमित निको भई घर फर्किसकेका बताइएको छ । सिन्ह्वा
 

शेयर गर्नुहोस:

0
Shares