मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा एकै दिन ६० हजार संक्रमित थपिए

अमेरिकामा एकै दिन ६० हजार संक्रमित थपिए


वासिङ्टन । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सिडिसी) ले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको हो ।
 
त्यस्तै गएको २४ घन्टायता मात्र ४८८ जनाको यो संक्रमणका कारण ज्यान गएको अमेरिकाको जोन हाप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । यहाँ संक्रमितको संख्या अझै धेरै हुनसक्ने अनुमान पनि गरिएको छ ।
कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक संकलन गरिरहेको जोन हप्किन्स विश्वविद्यालयका अनुसार यसअघि यहाँ अहिलेसम्म संक्रमितको संख्या ३९ लाख ८३ हजार नाघेको छ । उक्त विश्वविद्यालयले यहाँ १ लाख ४४ हजार २५४ जनाको ज्यान गइसकेको छ । गएको २४ घन्टामा मात्र यहाँ ४८८ जना संक्रमितको निधन भएको बताइएको छ ।
 
संक्रमण तीव्र भएपछि केही राज्यले व्यापार व्यवसाय सुचारु गर्ने योजनापछि सारेका जनाइएको थियो । तर, पछि आएर धेरै राज्यमा व्यपार व्यवसाय पनि सुरु भएको छ ।यसरी अमेरिका कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएको देशका रुपमा रहेको छ । सोमबारमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन सबैलाई अपिल गरेका छन् । 
 
विगतमा लामो समयसम्म उनी आफैँले पनि मास्क नलगाउने गरेका थिए । आगामी नोभेम्बरमा यहाँ राष्ट्रपतीय निर्वाचनको अभियान सुरु हुँदैछ । त्यसैले सो निर्वाचन झन् कोरोना महामारी फैलिन सक्ने त्रास देखिएको छ ।
 
सिडिसीले पछिल्लो समय देशका दक्षिणी र पश्चिमी राज्यहरूमा संक्रमितको संख्या निकै बढेको छ । यसबारे अध्ययन अनुसन्धान गरिरहेका वासिङ्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेका छन् । एएफपी

शेयर गर्नुहोस:

0
Shares