मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अनेसासको २०२०-२०२२ कार्यसमितिको निर्वाचन परिणाम

अनेसासको २०२०-२०२२ कार्यसमितिको निर्वाचन परिणाम


हिमालयखवर सम्बाददाता –
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आगामी कार्यसमितिको हिजो राती पूर्वीय समय ११:५९ बजे सम्पन्न निर्वाचनको परिणामको घोषणा कार्यक्रमको आयोजना आज जुलाई २० बिहान पूर्वीय समय ८:०० बजे फेसबुक जुम लाइभ मार्फत सम्पन्न गरिएको छ।
 
गत जुन ११ बाट निर्वाचन पक्रिया शुरु गरेर ४० दिनको अवधिमा आफ्नै अनलाइन भोटिङ्ग सफ्टवेयर निर्माण गरेर गत जुलाई १७, १८, १९ मा अनलाइन बाट भोटिङ्ग गरिएको थियो। अनेसासको निर्वाचन सफलता पूर्वक सम्पन्न गर्न सकेकोमा निर्वाचन कमिटिले खुशी ब्यक्त गर्दै सवै भोटर्सलाई धन्यबाद ज्ञापन गर्यो।
 
परिणाम कार्यक्रमको संचालन गदै निर्वाचन अधिकृत विजयराज भट्टराईले भोटर्सहरुले कमेन्ट मार्फत गर्नुभएको गुनासाहरुको सम्बोधन गर्नु भएको थियो।  
 
अनेसासमा आजीवन सदस्यहरु मात्र भोतार्स हुन्छन। २१८१ आजीवन सदस्यहरु रहेको यस संस्थामा १२१४ सदस्यहरुले मतदान गरेका थिए (५५.७ %) जुन अनेसासको इतिहासमै पहिलेको तुलनामा भोटर्सको संख्यामा शत प्रतिशत वृद्धि भएको जानकारी समेत कार्यक्रममा गराइयो। 
 
प्रमुख निर्वाचन अधिकृत डा चुडामणि खनालको सभापतित्वमा भएको कार्यक्रममा अर्की निर्वाचन अधिकृत पुष्पा खनालले स्वागत तथा बर्तमान कार्यसमितिका अध्यक्ष राधेश्याम लेकाली, अनेसास बोर्ड अफ ट्रष्टी अध्यक्ष गीता खत्री लगायत निर्वाचन अधिकृतहरु तीर्थराज पाण्डे, कुमार सिम्खडाले शुभकामना मन्तब्य राख्नुभयो। 
 
कार्यक्रमको अन्तमा डा. चुडामणी खनालले परिणाम सार्वजनिक गर्नुभएको थियो। परिणाम यस प्रकार रहेको छ। 
 

शेयर गर्नुहोस:

0
Shares