मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

मध्यपूर्वका देशमा कोरोना संक्रमण चिन्ताजनक : डब्लुएचओ

मध्यपूर्वका देशमा कोरोना संक्रमण चिन्ताजनक : डब्लुएचओ


कायरो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मध्यपूर्वी देशहरुमा कोरोना भाइरसको संक्रमणको अवस्था अत्यन्तै चिन्ताजनक रुपमा बढ्दै गएको जनाएको छ । विश्व स्वास्थ्य संगठनका निर्देशक अहमद अल मान्धरीले सो कुराको बताएका हुन् । 
 
उनले भने– केही मध्यपूर्वका राष्ट्रहरुमा पहिलो हप्ताको तुलनामा यस हप्ता कम्तीमा पनि १० प्रतिशतको दरले केसहरु बढिरहेकोले अवको अवस्था आगामी दिनमा झन् खतरा हुँदै जाने देखिएको छ ।
 
उनका अनुसार साउदी अरेबिया, इरान, इराक, पाकिस्तानमा यस्तो बढ्दो अवस्था देखिएको हो । 
 
ती देशहरुमा मृत्युको दर पनि बढ्दै गएको देखिएको छ । निर्देशक मान्धारीका अनुसार ती देशहरुमा कोरोनाका संक्रमितमध्येका व्यक्तिहरुको मृत्यु दर पनि पहिलो हप्ताको तुलनामा यस हप्ता १३ प्रतिशतले वृद्धि भएको पाइएको छ । 
 
त्यस क्षेत्रमा गएका केही हप्ताहरुयता निको हुने दर पनि स्थिर रहेको देखिन्छ । प्राप्त समाचारमा ती क्षेत्रमा करिब १० लाख संक्रमित निको भएर घर फर्किएका पाइएको छ ।
 
उनले यी देशहरुमा त्यहाँका नागरिकले यस संक्रमणलाई कम आँकलन गरेको पाइएको छ । नागरिकहरुले यसबाट जोगिनुपर्ने स्वास्थ्यका मापदण्ड नअपनाई हेलचेक्र्याइँ गरेको पनि पाइएको छ । 
 
त्यसैगरी यहाँका सरकारहरुले पछिल्ला केही हप्ताहरुमा स्वास्थ्य परीक्षणको दायारा पनि घटाएको पाइएको छ । स्वास्थ्य परीक्षण गर्ने व्यक्तिको संख्या घटाइएको देखिएको छ । 
 
त्यस्तै, सरकारले यहाँ धेरै जना मानिसलाई जम्मा हुन नदिने तथा अरु सुरक्षाका मापदण्डहरु अपनाउने कुरामा पनि सरकारकाले कडाइ नगरेकोले यस्तो अवस्था आएको विश्व स्वास्थ्य संगठनले यसअघि पनि जनाएको थियो । सिन्ह्वा

शेयर गर्नुहोस:

0
Shares