मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अगानिस्तानमा तालिवानविरुद्धको कारबाहीमा २७ को मृत्यु

अगानिस्तानमा तालिवानविरुद्धको कारबाहीमा २७ को मृत्यु


कान्दाहार । अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार भएको सैनिक कारबाहीमा परी कम्तीमा २७ आतंककारी मारिएका छन् ।अफगान सरकारी सुरक्षाकर्मीहरुले सो कुराको जानकारी दिएका हुन् ।
 
उक्त कारबाही यहाँको सरकारी सुरक्षा फौजले गरेको बताइएको छ ।  
 
अफगान विद्रोहीविरुद्ध भएको कारबाहीमा उनीहरु मारिएको प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार बिहान जानकारी दिएका छन् । अफगानिस्तानको राष्ट्रिय सैनिक संगठनले दिएको जानकारीअनुसार उक्त प्रान्तको कालाकान्चा भन्ने स्थानमा रहेको एक सैनिक पोष्टमाथि तालिबानले आक्रमण गरेका थिए । 
 
सो आक्रमणमा परी ती सैनिक मारिएको प्राप्त समाचारमा जनाइएको छ । प्रान्तीय राजधानीबाट नजिकको सो क्षेत्रमा रहेका तालिबान आतंककारी समूहलाई लक्षित गर्दै सो कारबाही भएको थियो ।
 
उक्त सैनिक पोष्टमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि यहाँको सरकारी सेनाले पनि आक्राणका विरुद्धमा कारबाही जारी राखेको थियो ।
 
सो आक्रमण पछि यहाँको सेनाले स्थल र हवाई कारबाही गरेको र त्यसमा परी कम्तीमा २७ जना तालिबान आतंककारी मारिनुका साथै अन्य १६ जना घाइते  पनि भएका जनाइएको छ । 
 
जारी यस कारबाहीका क्रममा सुरक्षा अधिकारीहरुलाई भने कुनै क्षति पुगेको छैन । मारिएका र केही घाइते भएका तालिबानबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको समाचारमा उल्लेख छ । एएनआई

शेयर गर्नुहोस:

0
Shares