मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोनाबाट एक करोड ३८ लाख संक्रमित, पाँच लाख ८९ हजारको मृत्यु

कोरोनाबाट एक करोड ३८ लाख संक्रमित, पाँच लाख ८९ हजारको मृत्यु


पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बिहीबार रातिसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८९ हजार ११४ पुगेको छ । 
 
त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३८ लाख १६ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ८१ लाख ९७ हजार ४०० जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । 
 
विश्वभर सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । कोरोनाका कारण मानवीय क्षति र सङ्क्रमितको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ । 
 
अमेरिकामा बिहीबारसम्ममा ३६ लाख ४५ हजार ५६४ भन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरुको संख्या एक लाख ४० हजार ४७८ रहेको छ । 
 
त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको मुलुक ब्राजिलमा १९ लाख ७८ हजार २३६ सङ्क्रमित हुँदा ७५ हजार ६९७ जनाको मृत्यु भएको छ । 
 
भारत तेस्रो धेरै सङ्क्रमितको सूचीमा रहेको छ । यहाँ १० लाख १ हजार ८६३ संक्रमितमध्ये २५ हजार ५८९ जनाको मृत्यु भएको छ । चौथो धेरै सङ्क्रमित हुनेमा रुस रहेको छ । रुसमा सात लाख ५२ हजार ७९७ सङ्क्रमित भएका छन् । रुसी अधिकारीहरुले कोरोनाका कारण देशभित्र मृत्यु भएकाहरुको संख्या ११ हजार ९३७ पुगेको जानकारी दिएका छन् । 
 
त्यसैगरी पाँचौमा पेरु, छैठौँमा चिली, सातौँमा मेक्सिको, आठौँमा स्पेन, नवौँमा दक्षिण अफ्रिका र दशौँमा बेलायतमा धेरै सङ्क्रमितहरु रहेका छन् । 
 
कतिपय देशहरुमा सङ्क्रमित हुनेहरुको संख्यामा कमी देखिए पनि विश्वभरको अवस्थामा सन्तोषजनक सुधार आउन नसकेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ । एएफपी

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares