मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

डिभी परेर आएका नेपाली युवा मृत अवस्थामा भेटिए

डिभी परेर आएका नेपाली युवा मृत अवस्थामा भेटिए


हिमालयखवर संवाददाता
(अस्टिन) अमेरिका- टेक्ससको राजधानी अस्टिन  र टेम्पल सहरको बिचमा पर्ने  केलेंनमा बस्दैआएका  एक जना नेपाली युवा बस्दै आएको घरको ग्यारेजमा मृत अवस्थामा फेला परेका छन् । साथीहरुसंग वस्दै आएका पारस खड्का मंगलवार सांझ मृत अवस्थामा फेला परेका हुन्् । साथिहरुले सोधखोज गर्दा खड्का घाटीमा तारको पासो बेरिएको अवस्थामा भेटिएका थिए ।  उनले आत्महत्या गरेको आशंका गरिएको छ । 
 
नेपालवाट करिव ५ बर्ष अघि खड्का डिभी परेर अमेरिका आएका थिए । कोभिड १९ संक्रमण महामारी फैलिएपछि उनले काम गर्न छाडेका थिए । त्यसवेला कयौं अन्य नेपालीले पनि कामगर्न गएका थिएनन । उनीसगै वस्ने प्राय सवै काममा फर्किए पनि उनी केही दिन देखि काममा समेत गएका थिएनन । सगैं वस्ने साथिहरु काममा गएको वेला उनले तारको पासो लगाएर आत्महत्या गरेको आशंका गरिएको छ । 
 
नेपालमा रुकुम घर भएका अन्दाजी २६ बर्षका खड्का जनसम्पर्क समिति अमेरिकाका स्थानिय संयोजक पनि थिए । सगैं वस्ने साथिहरुले खड्कालाई घरभित्र नदेखेपछि खोज्न थालेका थिए । साथिहरुले नै खोज्ने क्रममा पासो लगाएको अवस्थामा ग्यारेजमा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । खड्काको परिवार नेपालमै रहेको वताईएको छ । 
 
के कारणले खड्काले आत्महत्या गरे यो खुलेको छैन । 

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares