मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ब्राजिलमा कोरोना भाइरसबाट ७२ हजार बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरसबाट ७२ हजार बढीको मृत्यु


ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ ।
 
साथै, यहाँ पछिल्ला हप्ताहरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि वृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ । 
 
यहाँको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ यस संक्रमणबाट ज्यान जाने व्यक्तिहरुको संख्या कम्तीमा पनि ७२ हजार १५१ पुगेको बताइएको छ ।
 
ब्रालिजमा पछिल्लो २४ घन्टायतामात्र ६५९ जनाको ज्यान गएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ६४ हजार जना पुगेको छ । पछिल्लो २४ घण्टा यतामात्र ब्राजिलमा २४ हजार ९३१ जना नयाँ संक्रमित फेला परेका हुन् ।
 
त्यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ७२ हजार १०० पुगेको छ । पछिल्लो २४ घन्टामा मात्र ब्राजिलमा कोरोना भाइरसका यतिधेरै संक्रमित थपिएका छन् ।
 
त्यस्तै, गएको २४ घन्टामा ६३१ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । 
 
गएको शनिबारमात्र यहाँ ३९ हजार जना नयाँ संक्रमित थपिएको जनाएको थियो । एकै दिनमा यहाँ यति धेरै संक्रमित थपिनुका साथै १ हजार ७१ जनाको ज्यान गएको थियो ।
 
त्यसैगरी शुक्रबार मात्र यहाँका करिब १ हजार २०० जनाको एकैदिनमा निधन भएको बताइएको छ । यहाँ पछिल्लो समयमा नयाँ संक्रमितका साथै मृत्यु हुनेको संख्यामा पनि वृद्धि भइरहेको छ । 
 
ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुन खोल्ने तयारी गरिरहेको अवस्थामा ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या १८ लाख नाघेको हो ।
 
उता रियो दि जेनेरियोमा भने यसै हप्तामात्र बार र रेष्टुरेन्ट खुलिसकेका छन् । ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुक हो । एएनआई
 

शेयर गर्नुहोस:

0
Shares