नर्थ क्यारोलाइना (अमेरिका)– नेपाली साहित्य समाज अन्तराष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टर तथा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना(एनसीएनसी)को संयुक्त आयोजनामा भर्चुअल रुपमा २०७ औं भानुजयन्ती सम्पन्न भयो ।
संस्थाका अध्यक्ष शिखर दुलालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा अनलाइनबाटै भानुभक्त संबन्धि कविताहरु प्रस्तुत गरिएका थिए । भर्चुअल कार्यक्रममा नेपालबाट कल्पतरु साहित्यक पत्रिकाका प्रधान सम्पादक नवराज पुढासैनी ‘ज्योत्सना’, कार्यकारी सम्पादक गोकुल अधिकारी, अतिथि सम्पादक मुकुन्द अर्यालको सहभागिता थियो ।
अमेरिकाको विभिन्न राज्यमा बसोबास गर्ने अतिथि कविहरु गोविन्दसिंह रावत, मुक्ती गौतम, दिपा राइ पुन, राजेन्द्र अर्याल, सीता अर्याल, उर्मिला निर्दोषी, दुर्गा दाहाल, सस्थाका सल्लाहकारहरु इश्वर देवकोटा, डा.नारायण राजभण्डारी, मनोज प्रधानको सहभागिता थियो । साहित्यकार डा. हरिहर भट्टराइ, अनेसास बोर्ड अफ ट्रस्टीका प्रतिनिधि पदम विश्वकर्मा, एनसी एनसीका अध्यक्ष रविन्द्र कार्की तथा सदस्यहरु, साहित्यकार निलम कार्की निहारिका र एन आर एन अध्यक्ष कुलानन्द शर्माको पनि सहभागिता थियो । भानुजयन्ती कार्यक्रमलाइ रेडियोबाट लाइभ प्रसारण गरिदिन रेडियो हिमालयका संचालक तथा प्रोस्तोता बुद्दी विश्वकर्माको पनि सहभागिता थियो ।
कार्यक्रमका अध्यक्षले आफनै घरबाट आदिकवि भानुभक्त आचार्यको तस्बिरमा फुलमाला अर्पण गरी शुरु भएको कार्यक्रमको शुरुवातको संचालन संस्थाकी अध्यक्ष नम्रता गुरागाईंले गरेकी थिइन् । सहभागीहरुलाई संस्थाकी महासचिब निर्मला राजभण्डारीले स्वागत गरेकी थिइन ।
कार्यक्रममा साहित्यकार डा.हरिहर भट्टराइले भानुभक्तका सक्कली र नक्कली तस्बीरहरु दुबै देखाएर भानुजयन्तीमा सक्कली तस्बीर राखिनुपर्ने कुरामा जोडदिनुभयो । दुइ चरणमा बिभाजित उक्त कार्यक्रमको पहिलो शत्रको संचालन संस्थाका सदस्य डा.ऋषि बस्ताकोटीले कल्पतरु साहित्यक पत्रिका र प्रधान सम्पादक नवराज पुढासैनीको छोटो परिचय दिएर शुरु गरेका थिए ।
कार्यक्रममा पत्रिकाको विमोचन तथा छोटो मन्तब्य प्रधान सम्पादक स्वंयले गर्नुको साथै उक्त पत्रिकाभित्र प्रकाशित केही कविताहरुको संक्षिप्त समिक्षा साहित्यकार डा. गोविन्दसिंह रावतले गरेका थिए । कार्यक्रममा सम्पूर्ण अतिथि कविहरु तथा स्थानिय कविहरुले कविता वाचन गरेका थिए ।
यसैगरी दुइ वर्षमा संस्थाको कार्यसमिति परिवर्तन भएर नर्या कार्यसमितिको चयन गर्नुपर्ने विधान अनुसार २०२०÷२०२२ को लागि नम्रता गुरागाईंको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
कार्यसमितिको उपाध्यक्षमा शिशिर खनाल,कार्यकारी सचिवमा निर्मला राजभण्डारी, कोषाध्यक्षमा सुजाता ढुंगेलका साथै सदस्यहरुमा विक्रम गौतम, डा. अच्युत शर्मा, डा.ऋषि बस्ताकोटी, उमा शर्मा, गीता बस्नेत र शिखर दुलाल(पदेन सदस्य) चयन भएका छन् ।







प्रतिक्रिया