मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा


वेलिङ्गटन । न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् । 
 
कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिएको बताइएको छ । 
 
स्वास्थ्यमन्त्री डेभिड क्लार्कको व्यवहार र बोलीले धेरै व्यक्तिलाई आक्रोसित र रुष्ट बनाएको भन्दै चर्को आलोचना भएको थियो । 
 
राजीनामा घोषणा गर्दै स्वास्थ्यमन्त्री क्लार्कले आफू जिम्मेवारीमा रहँदासम्म सम्पूर्ण शक्ति लगाएर आफूले काम गरेको दाबी गरेका छन् । 
 
उनले संसदमा आफू कानुन निर्माताको रूपमा रहिरहने र त्यहाँबाट राम्रो भूमिका खेल्ने पनि उल्लेख गरे । 
 
कोरोनाभाइरस नियन्त्रणको मामिलामा न्युजिल्याण्ड विश्वमै अग्रस्थानमा सफल मानिएको छ, तर मन्त्रीका रुपमा क्लार्कको भूमिका भने आलोचित हुनपुग्यो । 
 
उनी अपदस्त हुनुको पछाडि उनले प्रयोग गरेका शब्द नै मुख्य कारण बन्न पुगेको समाचारमा जनाइएको छ । एपी
 

शेयर गर्नुहोस:

0
Shares