मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोना भाइरसबाट विश्वमा ५ लाख २१ हजार बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा ५ लाख २१ हजार बढीको मृत्यु


जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २१ हजार १३७ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ९ लाख ६ हजार ९८१ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 
 
नेपाली समयानुसार बिहीबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६० लाख ८८ हजार ७ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४२ लाख ९७ हजार ८३७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ७५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २८ लाख २ हजार ५ जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३१ हजार २७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा २३ लाख २६ हजार ९७ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ८७ हजार ८४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३२ लाख ७० हजार ३६४ जना कोरोना भाइरसबाट संक्रमित रहेका छन् । यहाँ १ लाख ७१ हजार ५३२ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २४ लाख ६७ हजार ७२० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९२ हजार ४१२ को मृत्यु भएको छ । एसियामा २४ लाख ९ हजार ५६४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५८ हजार ७४२ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ४ लाख २२ हजार ८७२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार ४६३ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ६४३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ । एएफपी 

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares