मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा कोरोना भाइरसको भ्याक्सिनको परीक्षण जारी

अमेरिकामा कोरोना भाइरसको भ्याक्सिनको परीक्षण जारी


वासिङ्टन । संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ ।
 
एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिए । उनले अरु छ किसिमका खोप पनि परीक्षणको क्रममा रहेको बताए । 
 
अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोविड–१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी वितरण गर्ने लक्ष्य राखेको छ । 
 
यसैबीच, अमेरिकी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्याक्सिन तयार हुनेमा अझै आशावादी हुने लक्षण नदेखिएको चेतावनी दिएका छन् । 
 
उनले भ्याक्सिनका प्रभावकारितासम्बन्धी विवरणहरु आगामी वर्षको सुरुतिर मात्र प्राप्त हुने पनि उनले जानकारी दिए । एएनआई

शेयर गर्नुहोस:

0
Shares