मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

चीनमा भारी वर्षाबाट १४ जनाको मृत्यु, ८ बेपत्ता

चीनमा भारी वर्षाबाट १४ जनाको मृत्यु, ८ बेपत्ता


चेङ्गडु । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण मंगलबार राति ११ बजेसम्म १४ व्यक्तिको मृत्यु भएको छ ।
 
सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले बुधबार जानकारी दिएको छ ।
 
यसअघि ती स्थानमा १० जना बेपत्ता भएका जानकारी दिइएको थियो । बेपत्ता मध्ये दुई जनाको मृत्यु भएको मिआङनिङ काउन्टीले पुष्टि गरेको छ । त्यस बाढीका कारण अझै ८ जना बेपत्ता भएका जनाइएको छ ।
 
जुन महिनाको २६ तारिखबाट यस काउन्टीमा मुसलधारे वर्षा भएको छ । हाल करिब ५ हजार ६६० व्यक्ति सोही काउन्टीको उपजिल्ला यिहाई र गाओयाङमा रहेको अस्थायी शिबिरमा बस्दै आएका छन् ।
 
वर्षाको कारण यहाँ प्रत्यक्ष रुपमा करिब ७३ करोड ८० लाख युआन बराबरको आर्थिक क्षति भएको जनाइएको छ । सो बाढीग्रस्त क्षेत्रमा हाल उद्धार कार्य जारी रहेको बताइएको छ । सिन्ह्वा
 

शेयर गर्नुहोस:

0
Shares