हिमालयखवर संवाददाता
अमेरिका- सरप्राईज बर्थडे पार्टी मनाउनु टेक्सस ड्यालसको एउटा परिवारका लागि महंगो सावित भएको छ । उक्त सरप्राईज बर्थडे पार्टीका सहभागी मध्ये कम्तिमा पनि १८ जना कोभिड १९ को संक्रमणमा परेका छन् ।
अनलाइन बजफिडको समाचार अनुसार टेक्सस ड्यालसमा वस्दै आएको रन बारवोसको परिवार कोभिड १९ को महामारी भएपनि नजिकै हिमचिम गर्दै वस्दै आएका थिए । प्राय प्रत्येक दिन एक अर्कासंगै हुने गरेका थिए । कोभिड १९ महामारीमा पनि यसरी उठवस गर्दा केही हुदैंन भन्ने उनीहरुलाई लाग्यो ।
यही केही हुदैंन भन्ने लागेर परिवारका एक सदश्यको गत महिना सरप्राईज बर्थडे पार्टी आयोजना गरियो । अहिलेसम्म ठुलो परिवार भएको उक्त सरप्राईज बर्थडेमा सहभागी १८ जनालाई कोभिड १९ संक्रमण भएको छ । जसमध्ये ३ जनालाई उपचारका लागि अस्पतालनै भर्ना गर्नु परेको छ । उक्त परिवारका ८८ बर्षिय बुबा, ८६ बर्षिय आमा र उनी कि बहिनी क्यान्सरको उपचार पनि भएको थियो ।
सवैले परिवार भित्रै पार्टी गर्दा केही हुदैंन, भन्ने भयो त्यसैले जमघट गरयौं परिवारका एक सदश्यलाई उदृत गर्दै बजफिडले जनाएको छ ।
टेक्ससमा केही दिन यता कोभिड १९ को संक्रमण उच्च बृद्धि भएको छ । संक्रमितको संख्या करिव १ लाख ४० हजार पुगेको छ । संक्रमण हुने मध्ये करिव २४ सयको मृत्यु भएको छ ।
क्यालिफोर्निया, टेक्सस र फ्लोरिडामा केही दिन यता कोभिड १९ को संक्रमण हुने संख्या बृद्धि हुदैं गएको हो । यी राज्यमा भिडभाड हुने गतिविधिलाई न्यून गर्न गभर्नरहरुले अनुरोध गरेका छन् । यी राज्यले पहिले सार्वजनिक गतिविधिलाई खुकुलो वनाएका थिए ।
यी तिनै वटै ठुलो जनसंख्या भएका राज्य हुन् । आर्थिक कृयाकलापमा पनि यी राज्यको हिस्सा उच्च छ । यी राज्यमा नेपाली समुदायको बसोवास पनि धेरै छ । टेक्सस, क्यालिफोर्नियामा व्यवसायमा गर्ने व्यवसायीको संख्या उच्च छ । तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया