मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ओबामा केयर खारेजीको माग गर्दै ट्रम्प प्रशासनद्वारा सर्वोच्चमा निवेदन

ओबामा केयर खारेजीको माग गर्दै ट्रम्प प्रशासनद्वारा सर्वोच्चमा निवेदन


वासिङ्टन । कोरोना भाइरसको महामारीकै बीचमा अमेरिकी ट्रम्प प्रशासनले बिहीबार ओबामा केयरका नामले परिचित बिमा कार्यक्रम (एफोर्डेबल केयर एक्ट) खारेजीको अनुरोध गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ ।  
 
लकडाउनका कारण पाँच लाखभन्दा बढी मानिसले बिमाको प्रिमियम तिर्न नसकेको समाचार बाहिरिएकै दिन ट्रम्प प्रशासन सर्वोच्च अदालत पुगेको हो ।
 
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएदेखि नै यो कार्यक्रम खारेज गर्न पटकपटक प्रयास गरेका छन् । 
 
ट्रम्प प्रशासनले तयार पारेको निवेदनमा कोरोना भाइरसको बारेमा केही जिकिर गरिएको छैन । ट्रम्प प्रशासनको अनुरोधलाई सर्वोच्चले सदर गरेमा करिब दुई करोड अमेरिकी नागरिकको स्वास्थ्य बिमा समाप्त हुनेछ । 
 
रिपब्लिकन पार्टीकै बहुमत रहेको अवस्थामा पनि सन् २०१७ मा ओबामा केयर खारेज गर्ने राष्ट्रपति ट्रम्पको प्रयास विफल भएपछि उनी कानुनी प्रक्रियामा लागेका हुन् । 
 
ओबामा केयर कानुनमा जटिल स्वास्थ्य अवस्था रहेका मानिसलाई पनि बिमा सुविधा उपलब्ध हुने सुनिश्चितता गरिएकाले यो कानुनी व्यवस्था प्रतिकूल निर्णय गर्न ट्रम्प प्रशासन र अदालतमाथि दबाब छ । 
 
तर, राष्ट्रपति ट्रम्पले स्वास्थ्य प्रतिकूल भएका कुनै पनि अमेरिकीको स्वास्थ्य संरक्षण गरिने आश्वस्त पार्न खोजेका छन् । राष्ट्रपतिको यो भनाइप्रति ह्वाइट हाउस वा रिपब्लिकन पार्टीले कुनै ठोस योजना भने अघि सार्न सकेका छैनन् ।
 
कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर परेसँगै करिब दुई करोड ७० लाख मानिस बेरोजगार भएकाले पनि स्वास्थ्य बिमा कार्यक्रममा असर पर्न लागेको हो । एपी

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares