मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

मेक्सिकोमा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

मेक्सिकोमा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प


मेक्सिको । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७ं४ म्याग्निच्यूडको भूकम्प गएको छ । प्रारम्भिक विवरणअनुसार भूकम्पका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
 
स्थानीय अधिकारीहरुले भूकम्पबाट जोगिन सयौँ मानिस घरबाहिर भाग्नुका साथै स्थानीय तेल प्रशोधन कारखाना पनि बन्द गर्नु परेको बताएका छन् ।
 
मेक्सिकोको राजधानी मेक्सिको सिटीभन्दा करिब ७०० किलोमिटर टाढाको ओक्जाका शहरका बासिन्दा भूकम्पको मुख्य झड्का र ससाना परकम्पबाट त्रसित बनेका छन् । मृत्यु भएका सबै व्यक्ति यही सहरका बासिन्दा हुन् । उनीहरुलाई भूकम्पका कारण भत्किएको घरले थिचेको थियो ।  
 
कोरोना भाइरसको महामारीका कारण सहर बजार बन्द गरेर घरभित्र बस्नु परेका नागरिकलाई भूकम्पले सडकमा ल्याएको स्थानीयवासीको भनाइ छ । ओक्जाका सहरका ६० वर्षीय फूल बिक्रेता जुआ मार्टिनेजले बजारमा चहलपहल सुरु हुन नपाई भूकम्पले अर्को समस्या थोपरेको गुनासो गरे । 
 
अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहभन्दा २३ किलोमिटरमुनि मात्र रहेको थियो । 
 
मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले भूकम्प निकै शक्तिशाली भए पनि बन्दरगाह, बिमानस्थल, तेल प्रशोधन केन्द्रहरु र विद्युतगृह जस्ता रणनीतिक पूर्वाधारमा कुनै क्षति नभएको बताएका छन् । 
 
मेक्सिकन आयलले ओक्जाकास्थित सालिना क्रुज प्रशोधन केन्द्रलाई पूर्व सावधानीका लागि बन्द गरिएको जनाएको छ । भूकम्पका कारण एउटा प्लान्टमा आगो समेत देखिएको कम्पनीले जनाएको छ । यही प्रशोधन केन्द्रमा कार्यरत एक मजदूर माथिबाट लडेर मृत्यु भएको थियो । 
 
मेक्सिकन आयलले मुलुकका अन्य रिफाइनरी पूर्ववत रुपमा सञ्चालनमा रहेको जनाएको छ । भूकम्प गएको छ घन्टाको अवधिमा ४.६ म्याग्नीच्यूडसम्मका ४४७ वटा परकम्प गएका अधिकारीहरुले बताएका छन् । 
 
भूकम्पबाट भएको जनधनको अरु क्षतिको विवरण संकलन गर्ने तथा उद्धारका कार्यहरु भइरहेको मेक्सिकोको गृह मन्त्रालयले जनाएको छ । एएफपी

शेयर गर्नुहोस:

0
Shares