मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा एकैदिन करिब १६ हजार कोरोना संक्रमित थपिए

भारतमा एकैदिन करिब १६ हजार कोरोना संक्रमित थपिए


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको दैनिक संख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार भारतमा एकैदिन झन्डै १६ हजार जना संक्रमित भेटिएका छन् । 
 
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घन्टामा १५ हजार ९६८ जना कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । 
 
सोही अवधिमा भारतमा कोरोनाका कारण ४५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृतकको संख्या १४ हजार ५७७ पुगेको छ भने संक्रमितको संख्या चार लाख ६१ हजार ८२८ पुगेको छ ।
 
भारतमा अहिले पनि कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या एक लाख ८५ हजार ५६९ रहेको छ । त्यसैगरी संक्रमणमुक्त भएकाहरुको संख्या दुई लाख ६१ हजार ६८२ पुगेको छ । 
 
प्रदेशअनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्रमा संक्रमित भएका छन् । महाराष्ट्रमा अहिलेसम्म एक लाख ३९ हजार १० जना संक्रमित भएको तथ्याङ्क छ । 
 
तीमध्ये ६२ हजार ८४८ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ६९ हजार ६३१ जना संक्रमणमुक्त भइसकेका छन् । 
 
त्यसैगरी महाराष्ट्र राज्यमा कोरोना भाइरसबाट संक्रमित भएर अहिलेसम्म छ हजार ५३१ जनाको मृत्यु भएको छ । 
 
अधिकारीहरुका अनुसार केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा भने संक्रमितको संख्या ६६ हजार ६०२ जना रहेको छ भने दुई हजार ३०१ जनाको मृत्यु भएको छ । 
 
त्यसैगरी तेस्रो धेरै प्रभावित तमिलनाडु राज्यमा ६४ हजार ६०३ जना संक्रमित हुँदा ८३३ जनाको मृत्यु भएको छ । एएनआई 

शेयर गर्नुहोस:

0
Shares