मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

दक्षिण अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक लाख बढीको मृत्यु

दक्षिण अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक लाख बढीको मृत्यु


मन्टेभिडियो । दक्षिण अमेरिका र क्यारेबियन राष्ट्रहरुमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ ।
 
एएफपी समाचार संस्थाको गणनाअनुसार मृत्यु भएकामध्ये आधाभन्दा बढी ब्राजिलका नागरिक छन् । 
 
दक्षिण अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुकहरुमा ब्राजिल, मेक्सिको, पेरु र चिली रहेका छन् । यस क्षेत्रमा कूल संक्रमितको संख्या पनि करिब २१ लाख पुगिसकेको छ । 
 
ब्राजिलमा हालसम्म ५२ हजार ७८८ जनाभन्दा बढीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ भने ११ लाख ५२ हजार ६६ जना संक्रमित छन् । ब्राजिलमा मृत्यु हुनेको संख्या संयुक्तराज्य अमेरिकापछि दोस्रो स्थानमा छ । 
 
पेरुमा पनि कोरोनाभाइरसबाट संक्रमितको संख्या २ लाख ६० हजार ८१० नाघेको छ । पेरुमा जारी अनिवार्य लकडाउन १०० दिन पुगेको छ । पेरुको छिमेकी राष्ट्र कोलम्बियाले क्वारेन्टिनको अवधि आगामी जुलाई १५ सम्म बढाएको छ । 
 
कोलम्बियामा २ हजार ४०४ जनाभन्दा बढीको मृत्यु हुनुका साथै ७४ हजारको हाराहारीमा मानिस संक्रमित छन् । एएफपी
 

शेयर गर्नुहोस:

0
Shares