मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

पाकिस्तानमा कोरोनाको संक्रमण बढे पनि बजार खोल्न आह्वान

पाकिस्तानमा कोरोनाको संक्रमण बढे पनि बजार खोल्न आह्वान


इस्लामावाद । विश्वमै कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बृद्धि भइरहेको देशहरुमध्ये पाकिस्तान अग्रपङ्क्तिमा पर्दछ । तर, लामो समयसम्म आर्थिक गतिविधि बन्द गरेर बस्न सक्ने अवस्था नरहेकाले व्यवसाय सञ्चालन गर्न पाकिस्तान सरकारले आह्वान गरेको छ । 
 
कोरोना भाइरसबाट सङ्क्रमण भएका बिरामीहरु अस्पताल जाने र सङ्क्रमणमुक्त भएर घर फर्किने क्रम चलिरहे पनि गतिविधलाई पुनः निरन्तरता दिनुको विकल्प नभएको सरकारी अधिकारीहरुको भनाइ छ ।  
 
अब पनि आर्थिक गतिविधिलाई निरन्तरता दिन सकिएन भने देशको अर्थतन्त्र टाट पल्टिन सक्ने विज्ञ तथा सरकारी अधिकारीहरुले निष्कर्ष निकालेका छन् । 
 
गरिबी र महामारीका लागि ठूलो रकम खर्च गरिरहनु परेकाले पनि थप आर्थिक संकट उत्पन्न भएको उनीहरुले जनाएका छन् ।
 
के गर्ने के गर्ने भन्ने लामो समयसम्मको दुविधालाई चिर्दै सरकारले सुरक्षाका उपायहरु अपनाउने आर्थिक गतिविधिहरुलाई अगाडि बढाउने निष्कर्षमा पुगेको हो । 
 
सरकारी अधिकारीहरुले अत्यावश्यक र आर्थिक गतिविधिहरुलाई निरन्तरता दिने क्रममा कोरोनाबाट बच्नका लागि अप्नाउनु पर्ने आधारभूत सुरक्षा सतर्कताका उपायहरु अपनाउन अनिवार्य गरिएको छ ।    
 
उनीहरुले सामाजिक दूरी कायम राख्न, मास्कको प्रयोग गर्न, सकेसम्म भेटघाट तथा भीडभाडहरुमा नजान, सेनिटाइजर वा सावुन पानीको प्रयोग बढाउन आह्वान पनि गरेका छन् ।
 
मस्जिदहरुमा पनि सकेसम्म एकैपटक धेरै भीडभाड नगर्न उनीहरुले सुझाव दिएका छन् । 
 
पाकिस्तानमा अहिलेसम्म एक लाख ८० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने तीन हजार ५९० जनाको मृत्यु भएको छ । एपी

शेयर गर्नुहोस:

0
Shares