मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वभर ४ लाख ७१ हजार बढीको मृत्यु, ९० लाख ७२ हजार बढी संक्रमित

विश्वभर ४ लाख ७१ हजार बढीको मृत्यु, ९० लाख ७२ हजार बढी संक्रमित


जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७१ हजार १७७ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९० लाख ७२ हजार ६५७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 
 
नेपाली समयानुसार सोमबार बेलुकीसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४८ लाख ५५ हजार १५६ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३७ लाख ४६ हजार ३२४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुवेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २३ लाख ५६ हजार ७१५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २२ हजार २४९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा १७ लाख ७९ हजार ८७० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ७१ हजार ५२४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २७ लाख ३५ हजार ७७७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५५ हजार २१ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २३ लाख १९ हजार ८८९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८७ हजार ७५० को मृत्यु भएको छ । एसियामा १९ लाख १७ हजार ५९६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४८ हजार ५८७ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ३ लाख ९ हजार ७१० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८ हजार १५६ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । [एएफपीको सहयोगमा]

शेयर गर्नुहोस:

0
Shares