मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

पाकिस्तानमा एक लाख ७६ हजार ६१७ संक्रमित

पाकिस्तानमा एक लाख ७६ हजार ६१७ संक्रमित


पाकिस्तान । पाकिस्तानमा आइतबारसम्म एक लाख ७६ हजार ६१७ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये तीन हजार ५०१ जनाको मृत्यु भएको छ । यस्तै सङ्क्रमितमध्ये ६७ हजार ८९२ जना निको भइ घर फर्किएका छन् ।
 
पाकिस्तानमा प्रति १० लाख जनसङ्ख्या बराबर ७७८ जना कोभिड–१९ सङ्क्रमित छन् भने १५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्म १० लाख ८२ हजार ७८७ व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको छ ।
 
पाकिस्तानको बढी प्रभावित प्रान्तहरूमध्ये सिन्ध प्रान्तमा सबैभन्दा बढी ६५ हजार १६३, पञ्जाबमा ६४ हजार २१६, इस्लामावादमा १० हजार २७९ र बलुचिस्तानमा नौ हजार १६२ सङ्क्रमित रहेका छन् । 
 
यसैबीच, पाकिस्तानको अन्तर–सेवा गुप्तचर (इन्टर–सर्भिसेज इन्टिलिजेन्स÷आईएसआई) का बलुचिस्तानमा कार्यरत वरिष्ठ अधिकारी ब्रिग हसन अफजालको मृत्यु भएको छ । उनलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
 
पाकिस्तानी स्रोतहरूका अनुसार उनीआईएसआईको बलुचिस्तान क्षेत्रको कमाण्डर थिए । पाकिस्तानको विकट प्रान्त मानिने बलुचिस्तानमा आधुनिक स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधार नभएका कारण मृत्यु भएको आशङ्का गरिएको छ ।
 
बलुचिस्तानका जनस्वास्थ्य कार्यालयका महानिर्देशक डाक्टर सलिम एब्रोले हालै पत्रकार सम्मेलनमा बलुचिस्तानमा आगामी केही महिना (जुलाईदेखि सेप्टेम्बर)भित्र सङ्क्रमित एक लाखभन्दा बढी पुग्ने भन्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका थिए । एएनआई
 

शेयर गर्नुहोस:

0
Shares