नेपाली समाज टेक्सासले संचालन गर्दै आएको स्कूलले आगामी हप्ता देखि समर स्कूल शुरु गर्ने भएको छ। नेपाली समाज टेक्सासको आधिकारिक फेसबुक पेज मा उक्त कुरा जनाइएको छ। यतिखेर कोरोना कहरका कारण बिगत ४ महिना देखि घर भित्रै बस्न बालबालिकाहरुलाई उक्त स्कूलले गत मार्च देखि मे सम्म ३ महिनाको निमित्त अनलाइन स्कूल संचालन गरिएको थियो।
अहिले बिशेष गरेर अमेरिकामा ३ महिना गर्मीको बिदा हुन्छ। बिदामा बाहिर घुम्न जाने, रमाइलो गर्ने यो समय घरभित्रै बस्न बाध बालबालिकाहरुलाई बिभिन्न ५ बिषयमा ७ शिक्षकहरुले अनलाइन पढाउने गरि तयारी गरिएको जानकारी स्कूलका प्रिन्सिपल विजयराज भट्टराइले गराउनु भयो।
यसपटक अनलाइन स्कूल संसार भरिका जो सुकै नेपाली बालबालिकाहरु पनि सहभागी हुनसक्ने व्यवस्था गरिएको छ। आज बिहान ११:०० बजे टेक्सासको समयमा गरिने जुम फेसबुक लाइभमा स्कूलको समर प्रोग्रामको बारेमा बिस्तृत जानकारी गराइने छ। प्रिन्सिपल भट्टराइले उक्त कार्यक्रममा सहभागी भएर आफ्ना जिज्ञासा राख्न समेत सवैलाई अनुरोध गर्नुभएको छ।







प्रतिक्रिया