जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५८ हजार नजिक पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८६ लाख ३९ हजार संक्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
नेपाली समयानुसार शुक्रबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४५ लाख ६७ हजार ९८५ जना निको भएका छन्।
हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३६ लाख १३ हजार ३५३ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ७९८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ७५ हजार २२९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २० हजार ८४४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १६ लाख ३६ हजार ३१३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६७ हजार २२८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २६ लाख २८ हजार ३८९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५१ हजार २४० जनाको मृत्यु भएको छ ।
युरोपमा २२ लाख ८१ हजार १२६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८५ हजार ६८२ को मृत्यु भएको छ ।
एसियामा १८ लाख १ हजार ७७० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४५ हजार ९७१ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ८० हजार ७४८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ४९२ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार २३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । एएफपी







प्रतिक्रिया