जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४७ हजार ६८२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८३ लाख २२ हजार संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपाली समयानुसार बुधबार राति १०ः३० बजेसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४३ लाख ५४ हजार ६२६ जना निको भएका छन्।
हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३५ लाख १९ हजार ५५५ व्यक्ति उपचाररत रहेका छन् ।
संक्रमितहरुमा ५४ हजार ४९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख १७ हजार ७८६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १९ हजार ३४२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १५ लाख २० हजार ५६६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६३ हजार ४२७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख ५५ हजार ४७५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४८ हजार १६६ जनाको मृत्यु भएको छ ।
युरोपमा २२ लाख ५० हजार ३१७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८४ हजार ६१८ को मृत्यु भएको छ ।
एसियामा १७ लाख २२ हजार ५८९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४४ हजार २५३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ६३ हजार २१२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ७९ जनाको मृत्यु भएको छ ।
ओसियानामा ८ हजार ९८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । एएफपी







प्रतिक्रिया