मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा कुल संक्रमित तीन लाख ४३ हजार नाघे

भारतमा कुल संक्रमित तीन लाख ४३ हजार नाघे


नयाँ दिल्ली । भारतमा एकै दिनमा १० हजार ६६७ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपि शनिबार र आइतबारको तुलनामा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ । 
 
शनिबार एक दिनमा ११ हजार ९२९ जनामा कोरोनमा भाइरस संक्रमण देखिएको थियो भने आइतबार ११ हजार ५०० जनामा संक्रमण देखिएको थियो । सोमबार १० हजार ६६७ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । 
 
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार मङ्गलबार बिहानसम्ममा एकैदिनमा १० हजार ६६७ जना संक्रमित भएका छन् । 
 
त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोनाभाइरसका कारण भारतमा ३९५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ९ हजार ९१५ पुगेको छ । 
 
भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ४३ हजार ९१ पुगेको छ । कुल संक्रमितमध्ये १ लाख ५४ हजार १७८ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने १ लाख ८० हजार ३२० जना संक्रमण मुक्त भएका छन् । 
 
भारतमा प्रदेशअनुसार हेर्ने हो भने सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन् । त्यस प्रदेशमा १ लाख १० हजार ७४४ जना संक्रमित भएका छन् । महाराष्ट्रमा ५० हजार ५६७ जना संक्रमित अवस्थामा नै रहेका छन् भने ५६ हजार ४९ जना उपचारपछि घर फर्किएका छन् । महाराष्ट्र कोरोना भाइरसको संक्रमणको कारण ४ हजार १२८ जनाको मृत्यु भएको छ । 
 
कोरोना भाइरस संक्रमणको कारण दोस्रो स्थानमा रहेको तमिलनाडु प्रदेशमा ४६ हजार ५०४ जना र तेस्रो धेरै संक्रमण रहेको दिल्ली प्रदेशमा ४२ हजार ८२९ जना संक्रमित रहेका छन् । एएनआई

शेयर गर्नुहोस:

0
Shares