ड्यालस (टेक्सास) – नेपालमा संसदबाट नयाँ नक्सा पारित भएपछि प्रवासी नेपाली एकता मन्च अमेरिकाले खुशी ब्यक्त गरेको छ ।
मन्चले आईतबार ड्यालसमा एक बिषेश कार्यक्रमको आयोजना गरि नेपालको नयाँ नक्सा बोक्दै खुशीयाली ब्यक्त गरिएको हो ।
कोरोना महमारीका बिच भएकोले निश्चीत संख्यामा मात्र उपस्थित भएको कार्यक्रम मन्चका सचिव प्रकाश अधिकारीको अगुवाईमा आयोजना गरिएको थियो ।
एनआरएन आईसीसी सदस्य यमुना भट्टराई, एनआरएन एनसीसी अमेरिकाका बोर्ड अर्फ डाईरेक्टर जीवन जोशी, समाजसेवी डा. प्रेम अधिकारी, मन्चका अगुवाहरु नारायण कँडेल, गोकर्ण दाहाल, नेपाली समाज टेक्ससका बरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैले लामो समयसम्म रहँदै आएको समस्यालाई देशहित सोंचेर नयां नक्सा जारी गर्न सबै दललाई एक ठाउँमा ल्याउन सकेकोमा र यो हिम्मत गरेकोमा बर्तमान सरकार र संसदको प्रशंसा गरेका थिए ।
भारतका अधिकांश छिमेकी देशहरुसँग सीमा समस्या रहेको र नेपालसंग पनि यस खालको समस्या हुनु दुखद कुरा भएको भन्दै बक्ताहरुले अबिलम्ब कुटनितिक माध्यमबाट जमिन फिर्ता लिनेमा बिश्वास ब्यक्त गरेका थिए ।
आफुहरु भौगोलिक रुपमा सात समुन्द्र पार रहे पनि सदैव नेपाल र सिमाना रक्षाका लागि सदैव मनदेखी लागिरहने प्रण गरेका थिए ।







प्रतिक्रिया