मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपाल सरकारले अमेरिकावाट चार्टड उडान गर्ने

नेपाल सरकारले अमेरिकावाट चार्टड उडान गर्ने


हिमालयखवर संवाददाता-
अमेरिका। अमेरिकामा अड्किएका नेपालीलाई नेपाल लैजान  जुन २३ र २५ मा नेपाल सरकारले चार्टड उडान गर्ने भएको छ । अमेरिकका विभिन्न चार शहर न्यूयोर्क, सिकागो, वासिंटन डीसी र टेक्सस डलासवाट जहाज नेपाल जाने छन्  । सरकारले टर्किस एयरलाईन्स र कतार एयरवेज मार्फत चार्टड उडान गर्न लागेको हो ।
 
वासिंटन डिसी स्थित नेपाली दुतावासले सुचना निकाली यो जानकारी दिएको हो ।
 
तर, यि उडानमा नेपाल फर्किन भने सकस दिने खालको व्यवस्था गरिएको छ । उक्त चाटर्ड उडानमा नेपाल जानका लागि महंगो भाडादर, कोभिड १९ छैन भन्ने स्वास्थ्यकर्मीवाट प्रमाणित  प्रमाणपत्र र नेपाल पुगेपछि क्वारेन्टाइनमा वस्न तयार हुनुपर्ने छ । समाजिक संजालमा भाडा दर महंगो भएकोमा नेपाल सरकार प्रति कयोंले आक्रोस जनाएका छन् ।
 
टर्किस एयरलाइन्सवाट जान एकतर्फि भाडा दर १५३७ अमेरिकी डलर तोकिएको छ । कतार एयरवेजको भाडादर झनै महंगो १६ सय अमेरिकी डलर छ । यो एकतर्फी भाडा दर हो । समान्य अवस्थामा यो मूल्यमा दुईतर्फी टिकट पाइन्थ्यो ।
 
यसवाहेक कोभिड १९ छैन भन्ने स्वास्थ्य प्रमाणपत्र कसरी पेश गर्ने वारेमा दुतावासले केही जानकारी दिएको छैन । कतिपय राज्यमा डाक्टरको सिफारिस नभई कोभिड १९ परिक्षण गर्न सकिदैंन ।
 
करिव दुई महिना अघि नेपालीको दवावमा नेपाल दुतावास र एनआरएनए अमेकिराले अमेरिकावाट फिर्ता जानेलाई फारम भर्न भनेको थियो । यसमा झण्डै ७ सय जनाले नेपाल फर्किन नाम टिपाएका थिए । 

शेयर गर्नुहोस:

0
Shares