मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

चीनको बेइजिङमा अकस्मात् भेटिए ६६ नयाँ संक्रमित

चीनको बेइजिङमा अकस्मात् भेटिए ६६ नयाँ संक्रमित


बेइजिङ । चीनमा कोरोना भाइरसबाट सङ्क्रमितहरु फेरि एकाएक बढेका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार नयाँ ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
 
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा आएको भनिए पनि अहिले पहिलोपटक एकै पटक धेरै जना सङ्क्रमित भेटिएका हुन् । राजधानी बेइजिङमा अहिलेसम्मकै धेरै सङ्क्रमित एकैपटक देखिएको उनीहरुको भनाइ छ ।
 
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ५७ जना पूर्णरुपमा सङ्क्रमित भएका छन् भने अरु नौ जना सङ्क्रमणको पूर्वअवस्थामा रहेका छन् । 
 
सङ्क्रमितमध्ये ३८ जना आन्तरिकरुपमा सरेर सङ्क्रमित भएको पाइएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले अरु १०३ जनालाई पनि शंकास्पद मानेर क्वारेन्टाइनमा राखिएको बताएका छन् । 
 
आन्तरिक रुपमा सरेर सङ्क्रमित ३८ जनामध्ये ३६ जना बेइजिङका रहेका छन् भने अरु दुई जना लिओनिङ प्रान्तका रहेका छन् । 
 
पछिल्ला केही दिनमा बेइजिङमा मात्रै ४६ जना सङ्क्रमित भेटिएका छन् । यसलाई सरकारी अधिकारीहरुले आश्चर्यजनक मानेका छन् । पिटिआई
 

शेयर गर्नुहोस:

0
Shares