मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख सात हजार नाघ्यो, ७१ लाख ३६ हजार संक्रमित

कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख सात हजार नाघ्यो, ७१ लाख ३६ हजार संक्रमित


काठमाडौँ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड(१९) बाट विश्वभर मृत्यु हुनेको संख्या सोमबार रातिसम्म ४ लाख ७ हजार नाघेको छ भने संक्रमितको संख्या ७१ लाख ३६ हजार ७५६ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।  
 
सोमबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३४ लाख ८१ हजार ८२२ जना निको भएका छन् । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३२ लाख ४७ हजार ८५२ व्यक्ति उपचाररत रहेका छन् ।
 
संक्रमितहरुमा ५३ हजार ९०४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका अत्यन्त प्रभावित भएको छ ।
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख १० हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख १२ हजार ५४९ व्यक्तिको मृत्यु भएको छ ।
 
दक्षिणमा अमेरिकामा ११ लाख ५२ हजार ९०८ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ५१ हजार १२६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २२ लाख ८५ हजार ७५४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३५ हजार ८३८ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २१ लाख ७ हजार ६७४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७९ हजार २१९ को मृत्यु भएको छ । एसियामा १३ लाख ८७ हजार ३५५ जनामा कोरोना भाइरस संक्रमित रहेका छन् भने ३५ हजार ५१२ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा १ लाख ९३ हजार ४५५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार २३४ जनाको मृत्यु भएको छ । यस्तै, ओसियाना ८ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । एएफपीको सहयोगमा

शेयर गर्नुहोस:

0
Shares