ड्यालस (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका टेक्सस च्याप्टरले कोरोना प्रकोपका बीचमा नेपाली संघसंस्थाहरुले गरेका कार्यहरुका बारेमा आइतबार छलफल कार्यक्रम राखेको छ ।
साँझ ६ बजेदेखि सुरु हुने छलफल कार्यक्रम टेक्सस केन्द्रित रहने जनाइएको छ । टेक्ससको ड्यालस, अस्टिन र ह्युस्टनका नेपाली समुदायमा कृयाशील संघसंस्थाहरुले कसरी समुदायलाई सचेत गराए र अवस्था कस्तो रह्यो भन्ने विषयमा छलफल केन्द्रित रहने च्याप्टर सचिव सोफिन थापाले जानकारी दिए ।
जुम मार्फत हुने छलफल कार्यक्रममा सहभागिताका लागि च्याप्टरले सबै नेपाली संघसंस्था र प्रमुखहरुलाई आह्वान पनि गरेको छ ।







प्रतिक्रिया