मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोभिड–१९ विरुद्धको लडाईंमा प्रतिबद्धता जनाउँदै चीनद्वारा स्वेतपत्र जारी

कोभिड–१९ विरुद्धको लडाईंमा प्रतिबद्धता जनाउँदै चीनद्वारा स्वेतपत्र जारी


बेइजिङ । सबैभन्दा पहिला कोरोना भाइरसको सङ्क्रमण पत्ता लागेको चीनले कोरोनाविरुद्धको लडाईंबारे स्वेतपत्र जारी गरेको छ ।
 
चीनको राज्य परिषद् सूचना कार्यालयद्वारा ‘फाइटिङ कोभिड–१९ चाइना इन एक्सन’ शीर्षकको स्वेतपत्र जारी भएको हो । 
 
स्वेतपत्रमा भाइरसविरुद्धको लडाईंमा चीनको प्रयासलाई सुरक्षित गर्दै बाँकी विश्वमा आफ्नो अनुभव साट्ने उद्देश्यले स्वेत पत्र जारी भएको चीनले बताएको छ । 
 
कोरोना विरुद्धको वैश्विक लडाईंमा आफ्नो विचार स्पष्ट गर्न श्वेतपत्र जारी गरिएको जनाउँदै कोभिड–१९ को महामारीलाई मानवताका लागि शताब्दीकै सबैभन्दा भयानक परिवेशका रूपमा विश्लेषण गरिएको छ ।
 
एउटा अज्ञात, अप्रत्याशित, र विनाशकारी रोगको सामाना गर्दै चीनले रोगलाई फैलिन नदिन नियन्त्रणका लागि दृढ लडाईं लडेको स्वेतपत्रमा उल्लेख गरिएको छ ।
 
“मानिसको जीवन एवं स्वास्थ्यलाई पहिलो प्राथमिकता बनाउँदै चीनले व्यापक, कडा एवं पुरै मेहनतका साथ कोरोना भाइरस रोकथामका उपायहरु अपनाएको छ,” श्वेतपत्रमा उल्लेख छ । “अब यो भाइरसको सङ्क्रमण फैलिन नदिन सबै च्यानलहरु नियन्त्रण गर्न चीन सफल भएको छ ।”
 
महामारीविरुद्धको चिनियाँ लडाईं, आगोको परीक्षा, समन्वयकारी ढङ्गले रोकथाम, नियन्त्रण र उपचारमा सक्षम, भाइरसविरुद्ध शक्तिशाली सेनाको निर्माण र स्वास्थ्यका लागि विश्व समुदायसँग हातमालो गरी श्वेतपत्रमा चार भाग प्रस्तुत गरिएको छ । सिन्ह्वा
 

शेयर गर्नुहोस:

0
Shares