मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा घटेन कोरोना संक्रमितको मृत्युदर, ४० हजार १०९ को मृत्यु

अमेरिकामा घटेन कोरोना संक्रमितको मृत्युदर, ४० हजार १०९ को मृत्यु


जेनेभा । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट संयुक्तराज्य अमेरिकामा मात्र मृत्यु हुने व्यक्तिको संख्या ४० हजार १०९ नाघेको छ । 
 
जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरणअनुसार अमेरिकामा ४० हजार १०९ जनाको मृत्यु भएको छ भने ७ लाख ५५ हजार १६२ व्यक्ति संक्रमित भएका छन् । यस्तै, ६८ हजार ८२२ जना निको भएर फर्किएका छन् ।
 
अमेरिकाका सबैजसो राज्यमा लकडाउन र सामाजिक दूरीका कडा नियमहरु लागू गरिए पनि संक्रमितको संख्यामा अझै कमी आएको छैन । देशका कतिपय राज्य र सहरमा मानिसहरु लकडाउन हटाउन माग गर्दै प्रदर्शनमा समेत उत्रिएका छन् । 
 
मानिसहरु सडकमा उत्रिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पुनः खुला गर्न विभिन्न निर्देशिकाहरु राज्यका गभर्नरलाई सुझाए पनि लकडाउन खोल्ने बारेमा स्पष्ट भइसकेको छैन । 
 
अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्क सहरमा नर्सिङ होममा आश्रित ज्येष्ठ नागरिकको ठूलो संख्यामा मृत्यु भएको छ ।
 
क्लालिफोर्निया सहरमा राज्य सरकारले कोरोना संक्रमित तर हाल घरबारविहीन व्यक्तिका लागि १५ हजार होटल कक्षहरुको व्यवस्था गरिएको गभर्नर ग्याभिव न्यूसमले बताएका छन् । 
 
इन्डियानापोलिसमा गभर्नर एरिक होल्कोम्बको सरकारी आवास बाहिर २०० भन्दा बढी व्यक्ति भेला भएर लकडाउन खोल्न माग गर्दै प्रदर्शन गरेका छन् । 
 
यस्तै, टेक्सास राज्यको अस्टिनमा पनि घरभित्र बस्न दिइएको आदेशको विरोधमा प्रदर्शनहरु भएका छन् ।
 
अमेरिकामा लकडाउन अन्त्य गर्न प्रदर्शन भइरहे पनि कोरोनासँग संघर्षरत युरोपेली मुलुकहरुमा कतै लकडाउन र आपतकालको अवधि बढाइएको छ भने डेनमार्क, स्वीडेनजस्ता केही मुलुकले प्राथमिक विद्यालयहरु खोलेका छन् । 
 
कोरोनाभाइरसका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटलीमा रहेको छ । पछिल्लो विवरणअनुसार इटलीमा २३ हजार ६६० जनाको मृत्यु भएको छ भने तेस्रो स्थानमा रहेको स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ४५३ जना रहेको छ ।
 
यस्तै, चौंथो स्थानमा फ्रान्स रहेको छ । यहाँ १९ हजार ७१८ जनाको मृत्यु भएको छ । एपी / एएनआई

शेयर गर्नुहोस:

0
Shares