नयाँदिल्ली । भारतमा कोरोना आशंका गरिएका एक युवाले आत्महत्या गरेका छन् । भारतको उत्तर प्रदेशको ग्रेटर नोयडामा आइतबार क्वारेन्टाइन सेन्टरको सातौँ तलाबाट हाम फालेर आत्महत्या गरेको डीएनए इन्डियाले जनाएको छ ।
उत्तर प्रदेशको गौतमबुद्ध नगर जिल्लाका कार्यकारी सूचना निर्देशकले कोभिड-१९ संक्रमणको आशंका गरिएका एक युवाले गलगोटिया कलेजमा बनाइएको क्वारेन्टाइनको सातौँ तलाबाट हाम फालेर आत्महत्या गरेको पुष्टि गरेका छन् ।
“कोरोना आंशका गरिएका ३२ वर्षीय एमडी गुल्जारलाई कोरोना आशंकमा क्वारेन्टाइनमा राखिएको थियो । उनको कोरोना परीक्षणको नतिजा आउन बाँकी छ । उक्त घटनाको छानबिन भइरहेको छ”, उनले भने ।
मृतक गुल्जार गम्भीर मानिसक समस्यामा रहेको र घर जान चाहिरहेको थिए । उनले यसअघि पनि आत्महत्या गर्ने धम्की दिएको बताइएको छ । [डीएनए इन्डिया]







प्रतिक्रिया