मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा कोरोनाको आशंकामा एक युवाद्वारा आत्महत्या

भारतमा कोरोनाको आशंकामा एक युवाद्वारा आत्महत्या


नयाँदिल्ली । भारतमा कोरोना आशंका गरिएका एक युवाले आत्महत्या गरेका छन् । भारतको उत्तर प्रदेशको ग्रेटर नोयडामा आइतबार क्‍वारेन्टाइन सेन्टरको सातौँ तलाबाट हाम फालेर आत्महत्या गरेको डीएनए इन्डियाले जनाएको छ । 
 
उत्तर प्रदेशको गौतमबुद्ध नगर जिल्लाका कार्यकारी सूचना निर्देशकले कोभिड-१९ संक्रमणको आशंका गरिएका एक युवाले गलगोटिया कलेजमा बनाइएको क्‍वारेन्टाइनको सातौँ तलाबाट हाम फालेर आत्महत्या गरेको पुष्टि गरेका छन् । 
 
“कोरोना आंशका गरिएका ३२ वर्षीय एमडी गुल्जारलाई कोरोना आशंकमा क्‍वारेन्टाइनमा राखिएको थियो । उनको कोरोना परीक्षणको नतिजा आउन बाँकी छ । उक्त घटनाको छानबिन भइरहेको छ”, उनले भने ।
 
मृतक गुल्जार गम्भीर मानिसक समस्यामा रहेको र घर जान चाहिरहेको थिए । उनले यसअघि पनि आत्महत्या गर्ने धम्की दिएको बताइएको छ । [डीएनए इन्डिया]

शेयर गर्नुहोस:

0
Shares