मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोनाको महामारीबाट १८३ देश प्रभावित, १० हजार ५४४ जनाको मृत्यु

कोरोनाको महामारीबाट १८३ देश प्रभावित, १० हजार ५४४ जनाको मृत्यु


काठमाडौँ । चीनको वुहान सहरबाट फैलिएर विश्वका १८३ देशमा महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट शुक्रबार राति १० बजेसम्म १० हजार ५४४ जनाको मृत्यु भएको छ । 
   
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म दुई लाख ५८ हजार ८५२ जनामा संक्रमण देखिएकोमा ८९ हजार ९२२ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर एक लाख ५७ हजार ९७६ जना संक्रमितको उपचार जारी छ । जसमध्ये ७४६७ जनाको अवस्था जटिल रहेको छ । शुक्रबार विश्वभर एकै दिन १३ हजार ९५८ जना संक्रमित भएका छन् ।
 
शुक्रबार रातिसम्म चीनमा यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३२४८ पुगेको छ भने नयाँ संक्रमितको संख्या ३९ रहेको छ । चीनमा नयाँ मृत्यु हुनेको संख्या ३ रहेको छ । 
 
चीनपछि इटालीमा ३४०५ जनाको ज्यान गएको छ । इटालीमा ४१ हजार ३५ जना संक्रमित भएका छन् । यस्तै, स्पेनमा २० हजार ४१२ व्यक्ति संक्रमित छन् भने हालसम्म १०४१ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै २३३५ पुगेको छ । स्पेनमा शुक्रबारमात्रै २१० जनाले ज्यान गुमाएका छन् । 
 
इरानमा १९ हजार ६६४ जना संक्रमित भएकोमा १४३३ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित १२३७ छन् । इरानमा शुक्रबार १४९ जनाले ज्यान गुमाएका छन् । इरानमा कोरोनाभाइरसको संक्रमणदर उच्च छ । 
 
अमेरिकामा शुक्रबारसम्म १६ हजार ५८ व्यक्ति कोरोनाबाट संक्रमित छन् भने २१९ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा शुक्रबार १२ जनाको ज्यान गएको छ भने २२६९ जना नयाँ संक्रमित थपिएका छन् । 
 
फ्रान्समा १० हजार ९९५ जना प्रभावित रहेकोमा ३७२ जनाले ज्यान गुमाएका छन् । दक्षिण कोरियामा ८६५२ जना कोरोनाबाट प्रभावित छन् भने ९४ जनाको मृत्यु भएको छ । यस्तै, जर्मनीमा १८ हजार ३२८ संक्रमित छन् भने ५२ जनाको मृत्यु भएको छ । जर्मनीमा शुक्रबारमात्रै ३००८ नयाँ संक्रमित थपिएका छन् । शुक्रबार आठ जनाको मृत्यु भएको छ ।   
 
यसैगरी, बेलायतमा ३२६९ व्यक्ति संक्रमित भएकोमा १८४ जनाको मृत्यु भएको छ । बेलायतमा शुक्रबारमात्रै ४० जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा २९९४ संक्रमित भएकोमा १०६ जनाको मृत्यु भएको छ । जसमा शुक्रबार ३० जनाको मृत्यु भएको छ । ५३४ नयाँ संक्रमित थपिएका छन् ।
 
स्वीट्जरल्याण्डमा ४९०५ संक्रमित छन् भने ५१ जनाको ज्यान गएको छ । ६८४ नयाँ संक्रमित थपिएका छन् । जापानमा ९६३ संक्रमित छन् भने ३३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भाग्यवश नेपालमा भने यस महामारीको संक्रमण कसैमा देखिएको छैन । तर, कोरोनाको त्रासले जनजीवन प्रभावित भएको छ । [एजेन्सीहरुको सहयोगमा ।]

शेयर गर्नुहोस:

0
Shares